Kathmandu Press

सुन तस्करी प्रकरणमा बेल्जियन नागरिक पक्राउ

राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा ठमेलस्थित भियाना होटल शनिबार राति तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो।
सुन तस्करी प्रकरणमा बेल्जियन नागरिक पक्राउ

काठमाडौं, साउन १४ : सुन तस्करीमा संलग्न भएको आशंकमा बेल्जियन नागरिक पक्राउ परेका छन्।

राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो।

विभागले ठमेलस्थित भियाना होटल शनिबार राति छापा मार्दै छिरिङलाई पक्राउ गरेको हो । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका थिए।

छिरिङको नेपालका केही उच्च नेताहरुसँग राम्रो हिमचिम भएको बताइएको छ। पछिल्लो पटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरिएको विभागले जनाएको छ ।

यस्तै, विभागले शनिबार राति नै टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले केही सामान बरामद गरेको छ। सुन पगालेर अरु नै वस्तुको स्वरुपमा भारत लैजान प्रयोग गरिएको हुन सक्ने टोखामा भएको छापाबाट खुलेको छ।

प्रकाशित मिति: ११:५२ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्