Kathmandu Press

‘सुन प्रकरणको गहिराईमा छानविन हुनुपर्छ, नत्र गृह र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ’

‘भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन, यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ।’
‘सुन प्रकरणको गहिराईमा छानविन हुनुपर्छ, नत्र गृह र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ’
फाइल तस्बिर।

रुपन्देही, साउन १४ : कांग्रेस नेता प्रदीप पौडेलले सुन तस्करी प्रकरणको गहिराइमा अनुसन्धान हुनुपर्ने बताएका छन्। उनले सुन प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने भन्दै गहिराइमा गएर अनुसन्धान हुनुपर्ने बताए।

बुटबलमा आयोजित कार्यक्रममा नेता पौडेलले सुन तस्करी प्रकरणमा गहिराईमा अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने पनि बताए। उनले गृह र अर्थमन्त्रालयलाई थाहा नभई ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने बताए।

‘सुन तस्करी प्रकरण हलुका विषय होइन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो?,’ उलने भने, ‘भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन, यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ।’

यस्तै, उनले संघीयता खर्चिलो र बोझिलो भएको भन्दै केन्द्रदेखि प्रदेशसम्मका सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने बताए । उनले भने संघीय संसद २०१ सदस्यीय, राष्ट्रियसभा ३५ सदस्यीय, संघीय मन्त्रिमण्डल १५ जनाको र प्रदेश मन्त्रिमण्डल ५ जनाको हुनुपर्छ भन्ने आफूहरुल्े प्रस्ताव पार्टीमा राखेको बताए।

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्