कोरियन पानी जहाज कम्पनीका आवेदन माग
कोरियन भाषा परीक्षाका लागि यही साउन २० देखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने शाखाद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
काठमाडौं, साउन १४ : वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ।
पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले राससलाई जानकारी दिए।
उनका अनुसार नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागि आज सूचनासमेत प्रकाशित गरिएको छ।
कोरियन भाषा परीक्षाका लागि यही साउन २० देखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने शाखाद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
विभागको सूचनाअनुसार दुई चरणमा परीक्षा हुनेछ । आउँदो असोजको १ गते अर्थात् सेप्टेम्बर १८ तारिखदेखि भाषा परीक्षा हुनेछ भने दोस्रो चरणमा सीप परीक्षा हुनेछ । सिप परीक्षा हुने मित भने तोकिएको छैन । भाषा परीक्षाको नतिजा प्रकाशन भइसकेपछि सिप परीक्षाका लागि मिति प्रकाशन गरिने सूचनामा उल्लेख छ ।