Kathmandu Press

मुग्लिन–नारायणगढ सडकखण्डमा लेदोसहितको पहिरो, सडक अवरुद्ध

इच्छाकामना गाउँपालिका–६ कालिखोलामा बिहान ९ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको छ।
मुग्लिन–नारायणगढ सडकखण्डमा लेदोसहितको पहिरो, सडक अवरुद्ध
फाइल तस्बिर।

चितवन, साउन १४ : लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज इच्छाकामना गाउँपालिका–६ कालिखोलामा बिहान ९ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली खटिएर सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भइरहेको प्रहरीले जनाएको छ। पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको बताइएकाे छ।

शनिबार बिहान पनि मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोका कारण २ पटक अवरुद्ध भएको थियो।

प्रकाशित मिति: ११:१८ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्