Kathmandu Press

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मुख्यसचिव तथा कोषाध्यक्ष शिवराम ढकालले जानकारी दिए । केन्द्रीय कमिटी बैठकको एजेण्डाको विषयमा बैठक बस्न लागिएको उनले बताए ।
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, साउन १४ : नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ ।

आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मुख्यसचिव तथा कोषाध्यक्ष शिवराम ढकालले जानकारी दिए । केन्द्रीय कमिटी बैठकको एजेण्डाको विषयमा बैठक बस्न लागिएको उनले बताए ।

यही साउन १७ गतेदेखि पार्टी केन्द्रीय कमिटीको बैठक बस्दै छ । केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने राजनीतिक र सांगठनिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरु गरिएको छ । शनिबार बसेको पार्टी पदाधिकारीको बैठकमा सो बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमाथि छलफल थालिएको थियो ।

त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आज पनि पदाधिकारी बैठक बोलाइएको उनले बताए ।

प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्