एकीकृत समाजवादीको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित
आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि ती बैठक स्थगित गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी र्दिए।
काठमाडौं, साउन १३ : नेकपा एकीकृत समाजवादीको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थागित भएको छ। साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनिएको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित भएको हो।
आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि ती बैठक स्थगित गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी र्दिए।
उनका अनुसार बैठकको अर्को मिति केन्द्रीय सचिवालयको बैठकले तय गर्ने छ।
साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय थियो।
प्रकाशित मिति: २०:४२ बजे, शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











