Kathmandu Press

बालुवाटारमा माओवादीको पदाधिकारी बैठक, केन्द्रीय कमिटी बैठकका एजेन्डामा छलफल

बैठकमा महासचिव देव गुरुङ नेतृत्वको टिमले तयार गरेको समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको थियो।
बालुवाटारमा माओवादीको पदाधिकारी बैठक, केन्द्रीय कमिटी बैठकका एजेन्डामा छलफल

काठमाडौं, साउन १३ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

शनिबार बैठकमा साउन १७ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू र कोशी प्रदेश सरकार गठनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा अध्यक्ष दाहालले कोशी प्रदेशको राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए। केन्द्रीय समितिको बैठकका एजेन्डा टुंग्याएर स्थायी समितिबाट अनुमोदन गराउने निर्णय बैठकले गरेको बताइएको छ।

शनिबारको बैठकमा महासचिव देव गुरुङ नेतृत्वको टिमले तयार गरेको समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको थियो। यही प्रस्तावलाई समेटेर अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटीको बैठकका लागि प्रतिवेदन तयार गर्ने बताइएको छ।

केन्द्रीय कमिटी बैठक साउन १७ गतेदेखि काठमाडौंको प्रज्ञा भवनमा बस्दै छ। त्यसअघि स्थायी कमिटी बैठक बस्नेछ, तर त्यसको मिति भने तयभएको छैन।

प्रकाशित मिति: १९:४७ बजे, शनिबार, साउन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्