‘बालेन-सुनिता ! गरिब होइन गरिबी हटाऊ’
ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरुलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुले जनाएका छन्।
काठमाडाैं, साउन १३ : सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरुमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडि प्रदर्शन गरिएको छ।
आफूहरुलाई गरिखान नदिएको र नगर प्रहरीहरुले चरम ज्यादती गरेको भन्दै साना व्यापारीहरूले भृकुटीमण्डपस्थित महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरुलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुले जनाएका छन्। ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसाय प्रतिबन्ध लगाउनुको साटो सवैलाई गरिखान दिन अन्य स्थानमा विकल्प दिनुपर्ने उनीहरुको भनाइ छ।
प्रदर्शनमा सहभागीहरुले बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो, गरिब होइन गरिबी हटाऊ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रकाशित मिति: १७:४३ बजे, शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











