Kathmandu Press

मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प छैन : ओली

शनिबार नेपालगन्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसंगमात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै बिकल्प नरहेको बताएका हुन्।
मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प छैन : ओली

नेपालगन्ज, साउन १३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन्। 

शनिबार नेपालगन्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसंगमात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै बिकल्प नरहेको बताएका हुन्। ओलीले एमाले बाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै पार्टीसंग नरहेको धारण राखे।

एमाले मिसन ८४ मा केन्द्रीत रहेको भन्दै ओलीले यसलाई सफल बनाउदै पार्टी बहुमत आउने गरि तयारी गर्न निर्देशन दिए। उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याए पनि एमालेको नीतिहरुसंग सहमत हुने, विकासको अभियानलाइ अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरुलाई संगै लिएर अघि बढ्ने जिकिर गरे।

ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सकृय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए। 

प्रकाशित मिति: १७:३४ बजे, शनिबार, साउन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्