Kathmandu Press

भिभिआइपी र भिआइपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार : मन्त्री बस्नेत

शनिबार दक्षिणकाली नगरपालीका वडा नंवर १ चाल्नाखेलमा दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा भिभिआईपी र भीआईपीको उपचारका लागि १५ जना चिकित्सकसहितको पूर्वाधार तयार गरिएको बताएको हुन्।
भिभिआइपी र भिआइपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार : मन्त्री बस्नेत

काठमाडाैं, साउन १३ : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भिभिआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार रहेको बताएका छन्।

शनिबार दक्षिणकाली नगरपालीका वडा नंवर १ चाल्नाखेलमा दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा भिभिआईपी र भीआईपीको उपचारका लागि १५ जना चिकित्सकसहितको पूर्वाधार तयार गरिएको बताएको हुन्।

उनले नेपालमै हुनसक्ने उपचारका लागि विदेश जान चाहे त्यसको सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने र राज्यले खर्च नव्यहोर्ने स्पष्ट पारे। आफू मन्त्रालयमा आएपछि  गरिब तथा विपन्न र वेवारिस नागरिकको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको उनले बताए। मन्त्री बस्नेतले अव कुनै पनि गरिब तथा विपन्न र वेवारिस नागरिकले उपचार गर्न नपाएर ज्यान गुमाउने अवस्था नआउने धारणा राखे।

त्यस्तै उहाले दक्षिणकाली नगर अस्पताललाई आवश्यक सामाग्री प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाले अस्पतालको भौतिक संरचनाको पनि निरिक्षण गरेका थिए। 

प्रकाशित मिति: १५:४४ बजे, शनिबार, साउन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्