Kathmandu Press

सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजिएको आशंका उत्पन्न भएको छ : रवि लामिछाने

शनिबार भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बिच बाटोमै समातेर मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उत्पन्न भएको बताएका छन्।
सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजिएको आशंका उत्पन्न भएको छ : रवि लामिछाने

भक्तपुर, साउन १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजिएको हो कl भन्ने आशंका उत्पन्न भएको बताएका छन्।

शनिबार भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बिच बाटोमै समातेर मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उत्पन्न भएको बताएका छन्।

ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिने भए पनि त्यसो नगरिएको उहाले बताउनुभयो । उहाले अहिले तस्करी भएको सुनको परिमाण हेर्दा त्यसको मालिक ठूलौ व्यक्ति हुने आशंका रहेको पनि बताए।

लामिछानेले सुन प्रकरणमा सरकारले व्यक्ति हेरेर अनुसन्धानलाई अन्त्यसम्म नपुराई अर्को फाइल खोल्ने तयारीमा लागेको हुन सक्ने भएकाले रास्वपाले खवरदारी गरिरहेको धारणा राखे।

त्यस्तै उनले रास्वपालाई बेला बेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेको भन्दै जनताले दिएको मतको भारी बाहेक अरु कसैको भारी बोक्नुपर्ने आवश्यकता नरहेको जिकिर गरे।

लामिछानेले आगामी निर्वाचनमा रास्वपालाई एकल सरकार बनाउने गरि जनताले विश्वास गरे भ्रष्टाचार मुद्दामा कसैलाई नजोगाउने गरि अनुसन्धान गर्ने दाबी गरे। 

प्रकाशित मिति: १४:३८ बजे, शनिबार, साउन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्