नयाँ ऊर्जाका साथ फिल्डमा खटिन नेता–कार्यर्तालाई कांग्रेस नेता सिंहको अपिल
कार्यक्रममा नेता सिंहले संगठन बलियो भएमात्र पार्टी बलियो हुने र आगामी चुनौती सामना गर्न सकिने उल्लेख गरे।
काठमाडौं, साउन १३ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ ऊर्जाका साथ फिल्डमा खटिन नेता–कार्यकर्तालाई अपिल गरेका छन्। काठमाडौं महानगर सम्मेलनको उद्घाटन गर्दै उनले पार्टीलाई चलायनमान बनाउन यस्तो अपिल गरेका हुन्।
उनले कार्यकर्ताले जीवनमा परिवर्तनको अनुभूति गर्ने गरी प्रशिक्षणलगायतका कार्यक्रम सन्चालन गर्नुपर्ने बताए । उनले पार्टी संगठनलाई सुदृढ र अझ राम्रो गर्नका लागि प्रशिक्षण अवाश्यक भएको बताए।
कार्यक्रममा नेता सिंहले संगठन बलियो भएमात्र पार्टी बलियो हुने र आगामी चुनौती सामना गर्न सकिने उल्लेख गरे। त्यसतर्फ जिम्मेवारीमा रहेकाहरु सबै नेता–कार्यकर्ता गम्भीरताका साथ लाग्नुपर्ने उनले बताए।
क्रियाशील सदस्यताको महत्त्व केहो भन्ने कुरालाई ध्यान दिन जरुरी रहेको भन्दै उनले पार्टीलाई आवश्यकता पर्दा कहीँ नदेखिने तर पार्टी अधिवेशनमा कसैलाई जिताउन मात्रै देखिने गर्दा समस्या भएको बताए।











