Kathmandu Press

रवि लामिछाने भन्छन्– रास्वपा कसैलाई पोस्न र पाल्न बनेको पार्टी होइन

सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडाध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारे।
रवि लामिछाने भन्छन्– रास्वपा कसैलाई पोस्न र पाल्न बनेको पार्टी होइन
फाइल तस्बिर।

काठमाडौं, साउन १३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा कसैलाई पोस्न र पाल्न बनेको पार्टी नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको बताए।

मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताउँदै उनले देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने बताए।

सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडाध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारे।

‘म सबैलाई यसै मञ्चबाट देशभरकै रास्वपा समर्थक, रास्वपा प्रेमी र रास्वपामा आवद्ध सबैलाई भन्न चाहन्छु, रास्वपामा सहभागी हुनु भनेको तपाईं उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनोट भएको छैन, कोही पनि अहिले उम्मेदवार होइन, यो कुरा स्पष्ट हुन जरुरी छ,’ उनले भने, ‘साथीहरू मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु, त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन ।’

सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे।

प्रकाशित मिति: ११:२९ बजे, शनिबार, साउन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्