अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
पहिरो बिहान ८ः५५ बजेसम्म पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।
चितवन, साउन १३ : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो।
पहिरो बिहान ८ः५५ बजेसम्म पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण रोकिएका सवारी साधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् ।
यसअघि आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। पहिरोका कारण यस सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ।
प्रकाशित मिति: १०:१९ बजे, शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











