Kathmandu Press

किसानले गरे दाङमा चक्का जाम

किसानलाई राहत उपलब्ध गराउन सरकारलाई दबाब दिन राजमार्गमा चक्का जाम गर्नुपरेको अखिल नेपाल किसान महासंघ दाङले जनाएको छ।
किसानले गरे दाङमा चक्का जाम

दाङ, साउन १२ : दाङमा किसानले चक्का जाम गरेका छन्। लम्पी स्किनका कारण मरेका पुशको क्षतिपूर्ति नपाएको, रसायनिक मल नपाएको विरोधमा दाङमा किसानले २ घण्टा राजमार्ग जाम गरेका हुन्।

किसानलाई राहत उपलब्ध गराउन सरकारलाई दबाब दिन राजमार्गमा चक्का जाम गर्नुपरेको अखिल नेपाल किसान महासंघ दाङले जनाएको छ। महासंघले किसानलाई मल, बिउ, बिमाको रकम उपलब्ध गराउन माग गरेको छ।

दाङमा अहिलेसम्म लम्पी स्किन रोगबाट २८ हजार ६७३ पशु चौपाया संक्रमित छन् । सिँचाइ र मल अभावमा ५३ प्रतिशत मात्रै रोपाइँ भएको छ।

प्रकाशित मिति: १९:१२ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्