Kathmandu Press

एमालेको रकम प्रचण्डले खाएकाे ओलीको आरोप

‘आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन्। एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे,’ ओलीले भने।
एमालेको रकम प्रचण्डले खाएकाे ओलीको आरोप

काठमाडाैं, साउन १२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचार विरुद्धमा बोल्ने नसक्ने अवस्थामा पुगको टिप्पणी गरेको छ।

शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेस पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको र लोकतन्त्र पक्ष र भ्रष्टाचार बिरुद्धमा समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताएका हुन्। उनले अहिले माओवादीको ढाकर बोलेर कांग्रेस लुरुलुरु हिड्नुपरेको तर्क गरे।

त्यस्तै ओलीले यसअघि पार्टी एकीकरण गरेपनि थाक्रोजस्तो भएको बताए। पार्टी एकता गरेपनि वास्तविक रुपमा एकता नभएको र तत्कालिन समयमा प्रचण्डले आफ्नो गुटको बैठक जारी राखेको उनले बताए।

विगतमा नेकपा हुँदा एमालेकै रकममा प्रचण्ड चलेको पनि ओलीले आरोप लगाए। ‘आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन्। एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रकम खाए, पिए, सबै गरे,’ ओलीले भने। पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर प्रचण्डले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको ओलीले बताए।

ओलीले पार्टी र सरकारमा व्यवधान भए पनि देश र जनताका लागि दृढतापूर्वक काम गरेको दाबी गरे। ओलीले एमालेसँग मुलुक बनाउने सही विचार भएकाले पुनः ठुलो पार्टीमा फर्कने दाबी गरे। उनले मौलिक राष्ट्रिय धारको प्रतिनिधि एमाले भएकाले देशको अस्तीत्वका लागि पनि एमाले हार्न नमिल्ने उल्लेख गरे।

अध्यक्ष ओलीले विभिन्न जनसंगठनहरु पुनर्गठन भए पनि सम्मेलन नभएको भन्दै सम्मेलन नहुने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे। 

प्रकाशित मिति: १८:१६ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्