चन्द्रागिरिमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु
दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज थोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जानकारी दिएकाे छ।
काठमाडौं, साउन १२ : काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ मा आज बा१०च ३५४६ नम्बरको मारुती कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
थानकोटबाट चित्लाङ जाँदै गरेको कार पानीघाटमाथि दुर्घटना हुँदा सिन्धुली घर भएका २० वर्षीय चालक नवराज थोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जानकारी दिएकाे छ।
गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको बताइएकाे छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीकाे भनाइ छ। गाडी सडकबाट ५०० मिटर तलको अर्को सडकमा खसेर कच्याककुचुक भएको छ।
प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











