Kathmandu Press

एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार

नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो। 
एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार

कञ्चनपुर, साउन १२ : कञ्चनपुरका पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ। 

नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो। 

Hardik ivf

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा दुई सय ५१ जना बिरामीको उपचार गरिएको सेनाले जनाएको छ।

रुद्रध्वज गणका सेनानी दीपेन्द्र मल्लले साधारण तथा विषालु सर्प, विच्छी र अन्य किराको टोकाइबाट बिरामी परेकाको उपचार गरिँदै आएको जानकारी दिए। उनका अनुसार गत आवमा ८६ पुरुष र एक सय ६५ जना महिलको सर्पदंश केन्द्रबाट उपचार गरिएको छ। साथै चालु आवमा साउनको ११ गतेसम्म यहाँ १९ जना सर्पदंशका बिरामीको उपचार भइसकेको सेनानी मल्लले जानकारी दिए।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले गत आवमा ४३ जना सर्पदंशका बिरामीको सघन उपचार कक्षमा राखेर उपचार गरिएको जानकारी दिए। 'आइसियु र भेन्टिलेटरमै राखेर ४३ जना बिरामीको उपचार गरियो', अध्यक्ष भट्टले भने, 'धेरैजसो सर्पदंशका बिरामीको इमर्जेन्सीमै उपचारपछि निको भएर घर फर्किने गरेका छन्।' उनले सर्पदंशका बिरामीका लागि सर्पदंश उपचार सेवा प्रभावकारी बन्दै गएको बताए।

'विगतमा सर्पले टोक्दा अकालमै ज्यान गुमाउनुपर्ने स्थिती थियो,' उनले भने, 'अहिले समयमै चाँडो अस्पताल पुगे ज्यानै गुमाउनुपरेको घटना छैन।'

प्रकाशित मिति: १५:१३ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्