Kathmandu Press

यी भागमा भारी वर्षाको सम्भावना, राजधानीमा बिहानैदेखि वर्षा

झापाका विभिन्न ठाउँमा गएरातिदेखि भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाका अनुसार झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगडी आसपास क्षेत्रमा भारी वर्षा भएको छ । 
यी भागमा भारी वर्षाको सम्भावना, राजधानीमा बिहानैदेखि वर्षा

काठमाडौं, साउन १२ : देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी,  वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानका साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

झापाका विभिन्न ठाउँमा गएरातिदेखि भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाका अनुसार झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगडी आसपास क्षेत्रमा भारी वर्षा भएको छ । 

Hardik ivf

विरिङ, रतुवालगायत साना खोलामा आकस्मिक बाढी आउनसक्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोसी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।


 

प्रकाशित मिति: ०८:०४ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्