नेपालको अध्यक्षतामा रेडक्रसमा ३३ सदस्यीय कार्यसमिति
नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति चयन गरिएको प्रमुख कार्यकारी अधिकृत उमेश ढकालले जानकारी दिए।
काठमाडाैं, साउन ११ : नेपाल रेडक्रस सोसाइटीको अध्यक्षमा प्रा. सुदर्शन नेपाल निर्वाचिएत भएका छन्। नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति चयन गरिएको प्रमुख कार्यकारी अधिकृत उमेश ढकालले जानकारी दिए।
उपाध्यक्षद्वयमा राधा नेपाली र सुरेन्द्रसिंह ऐर, महामन्त्रीमा भूपतिलाल श्रेष्ठ, कोषाध्यक्षमा वीरबहादुर बस्नेत, उपमहामन्त्रीमा मनोजकुमार थापा र कोषाध्यक्षमा डोलराज पाण्डे चयन भएका छन्।
गत आर्थिक वर्षमा संस्थाको करिब दुई अर्ब ४३ करोड बजेट रहेकामा करिब एक अर्ब ७६ करोड मानवीय सेवामा खर्च गरिएको उनले बताए।
संस्थाको जिम्मेवारी देशभर बाढी पहिरो, आकस्मिक घटनामा प्रभावितलाई सहयोग गर्नु हो। संस्थाले विपत् व्यवस्थापन, खानेपानी आयोजनामा चालु आर्थिक वर्षमा करिब डेढ अर्बको कार्ययोजना छ।
नवनिर्वाचित अध्यक्ष नेपालले हालै सम्पन्न निर्वाचनले संस्थाको नेतृत्व चयनमा लामो समयदेखि रहेको विवाद र अन्योलको अन्त्य गरेको बताउँदै आगामी दिनमा मानवीय सेवामा संस्थालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।












