Kathmandu Press

‘अन्तराष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्य रुपमा मनाइने

आगामी साउन २८ गते दिवस मनाउन युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बुको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
‘अन्तराष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्य रुपमा मनाइने

काठमाडाैं, साउन ११ : ‘अन्तराष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्य रुपमा मनाउने तयारी भएको छ। 

आगामी साउन २८ गते दिवस मनाउन युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बुको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।

युवाहरुलाई देश र जनताप्रति जवाफदेही हुने गरी काम गर्न प्रेरित गर्ने उद्देश्यले दिवस मनाउन लागिएको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

उक्त दिन विहान काठमाडौंको भृकुटीमण्डपबाट प्रभातफेरी कार्यक्रम समेत आयोजना हुनेछ। प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी बल लगाएत राष्ट्रिय खेलकुद परिषदको समेत सहभागिता हुने बस्नेतले बताए।

उनले पछिल्लो जनगणना अनुसार नेपालमा युवाको संख्या ४० दशमलव ५६ प्रतिशत रहेको जानकारी दिए।

संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट १२ को दिन विश्वव्यापी रुपमा सो दिवस मनाउने गरिन्छ।

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्