Kathmandu Press

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेल रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Hardik ivf

काठमाडाैं, साउन ११ : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेल रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

उहाँका अनुसार ज्ञानबहादुर भुजरलले दिएको जाहेरीका आधारमा पौडेललाई कार्यालयबाट खटिएको टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो। पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि प्रहरी वृत नयाँ बानेश्वर पठाइएको उनले बताए। 

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, साउन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्