Kathmandu Press

झरीमा पुष्प र मालाको केमेस्ट्री (भिडियाेसहित)

गायक नविन के भट्टराईले झण्डै डेढ दशकअघि गाएको ‘ए झरी’ गीतलाई पछिल्लो समयकी चर्चित गायिका अमृता लिम्बूलाई गाएकी हुन्।
झरीमा पुष्प र मालाको केमेस्ट्री (भिडियाेसहित)

काठमाडौं, साउन १० : ‘ए झरी’ बोलको गीत कुनै समय लोकप्रिय थियो । युवा श्रोता तथा दर्शकको मनमा बस्न सफल गायक नविन के भट्टराईको  उक्त चर्चित गीत फिमेल भर्सनमा आएको छ।

गायक नविन के भट्टराईले झण्डै डेढ दशकअघि गाएको ‘ए झरी’ गीतलाई पछिल्लो समयकी चर्चित गायिका अमृता लिम्बूलाई गाएकी हुन्। उक्त गीतको म्युजिक भिडियो मंगलबार सार्वनजनिक भएको छ।

म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडल पुष्प खड्का र अभिनेत्री तथा मोडल माला लिम्बूले अभिनय गरेका छन्। प्रेम र प्रकृतिभावलाई दर्साएको भिडियोमा पुष्प र मालाको केमेष्ट्रि दमदार देखिएको छ।

Hardik ivf

‘ए झरी’ गीतमा संगीत अर्जिनल भर्सनलाई नै राखिएको छ अर्थात संगीत संयोजनमा कुनै तोडमोड गरिएको छैन । जसमा शम्भुजीत बास्कोटाको संगीत र डा. अरुण सायमीको शब्दरचना रहेको छ।

निकेश खड्काले निर्देशन गरेको यस गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । निर्देशकको क्रियशनलाई क्यामेरामा कैद गर्ने काम उत्तम हुमागाइँले गरेका छन्।

गायिका अमृताको यो पछिल्लो गीत हो। गायिका अमृताको यसअघि ‘शीरैमा शीरफूल’, ‘झुम्के माया’, ‘लकुेर हे¥र्यौ’जस्ता थप्रै गीत चर्चित छन्।

कतिपय आफ्नो गीतको भिडियोमा मोडलिङसमेत गर्दै आएकी अमृता यसपटक भने देखिएकी छैनन्। भिडियोमा ‘ग्ल्यामरस लुक’ चाहिएको आफूले ‘ए झरी’मा मोडलिङ नगरेको अमृताले सुनाइन् ।

उनले भनिन्, ‘गीतको मागअनुसार ग्ल्यामरस लुक चाहिएको थियो । त्यसैले गरिनँ । तर, अरु गीतको भिडियोमा भने अवश्य मोडलिङ गर्छु।’ आफ्नो यो पछिल्लो भर्सन गीतलाई दर्शक तथा श्रोतादले रुचाउने छन् भन्नेमा उनी विस्वस्त छिन्।

प्रकाशित मिति: २०:५९ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्