Kathmandu Press

पहिलो बास्केटबल लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने

लिगमा विशाल मिलन केन्द्र, बुढानिलकन्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले सभागीगता जनाउने छन्।
पहिलो बास्केटबल लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं, साउन १० : पहिलो पटक आया्जना हुन लागेको राष्ट्रिय बास्केटबल लिग (एनबिएल)मा ८ टिम सहभागी हुने भएका छन्। नेपाल बास्केटबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको एनबिएलमा ८ टिम सहभागी हुने जानाकारी दियो।

लिगमा विशाल मिलन केन्द्र, बुढानिलकन्ठ नगरपालिका बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले सभागीगता जनाउने संघका अध्यक्ष भीमसिंह गुरुङले बताए।

Hardik ivf

कार्यक्रममा सहभागी क्लबका प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

बास्केटबल लिग कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइको संंयुक्त सहकार्यमा आयोजना हुन लागेको हो । लिग असोज १२ देखि २७ गतेसम्म आयोजना हुनेछ।

लिगका सम्पुर्ण खेल कान्तिपुर टेलिभिजन, कान्तिपुर सिनेप्लेक्स र कान्तिपुर टेलिभिनजको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुने छ।

 

प्रकाशित मिति: २०:५५ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्