पाँचथर जिप दुर्घटना : घाइते थप एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी जिल्लाको फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना विकको गए राति मृत्यु भएको हो।
पाँचथर, साउन १० : पाँचथरको फिदिम नगरपालिका–२ कृष्णमन्दिर नजिकै हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी जिल्लाको फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना विकको गए राति मृत्यु भएको हो।
दुर्घटनामा सख्त घाइते उहाँलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि झापा लगिएको थियो। दुर्घटनामा घाइते भई जिल्ला अस्पतालमा मृत्यु अर्का भएका व्यक्तिको पनि पहिचान खुलेको छ।
प्रहरी निरीक्षक मिलन थापाका अनुसार मृत्यु हुने ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेम रहेका छन्। दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए।
घाइतेहरुमध्ये पाँच जनाको झापामा र बाँकीको फिदिम अस्पतालमा उपचार भइरहेको छ। झापाबाट फिदिम आउँदै गरेको मे१ज १९४१ नंको जिप हिजो दिउँसो १२ः१५ बजे फिदिम नगरपालिका–२ कृष्णमन्दिर छेउमा दुर्घटना भएको हो।
चालकले घुम्तीमा मोड्न नसक्दा उक्त उक्त जिप सडकबाट करिब दुई सय मिटर तल झरेको थियो।












