दुर्घटनामा अनुसन्धान निरीक्षक साहको मृत्यु
राष्ट्रिय अनुसन्धान कार्यालय मलंगवामा कार्यरत अनुसन्धान निरीक्षक साह मंगलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा दुर्घटनामा परेका थिए। उनको शव आज बिहान प्रहरीले भेटेको थियो।
सर्लाही, साउन १० : सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ।
फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
राष्ट्रिय अनुसन्धान कार्यालय मलंगवामा कार्यरत अनुसन्धान निरीक्षक साह मंगलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा दुर्घटनामा परेका थिए। उनको शव आज बिहान प्रहरीले भेटेको थियो।
दुर्घटनाबारे अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए।
प्रकाशित मिति: ११:१८ बजे, बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार