Kathmandu Press

२२ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, सम्पर्कमा आउन प्रधान कार्यालयको सूचना 

प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान गरी २२ जना कर्मचारी सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 
२२ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, सम्पर्कमा आउन प्रधान कार्यालयको सूचना 

काठमाडौं, साउन १० : प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी कर्मचारी सम्पर्कविहीन (गैरहाजिर) रहेको भन्दै सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ। 

प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान गरी २२ जना कर्मचारी सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

Hardik ivf

प्रहरी महानिरीक्षकको सचिवालयको कानुन शाखाले जारी गरेको सूचनामा २२ जना प्रहरी कर्मचारीहरु आफूखुसी गैरहाजिरीमा रहेको जनाइएको छ। गैरहाजिरीमा रहेकाहरुको खोज तलास गराउँदा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको सूचनामा उल्लेख छ। 

सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएकाले उनीहरुको हकमा सार्वजनिक सूचना प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। आफूखुसी सम्पर्कविहीन हुनेमा १ जना प्रहरी हवल्दार, ५ जना सहायक हवल्दार र १६ जना प्रहरी जवानहरु छन्। 

प्रकाशित मिति: ०८:२९ बजे, बुधबार, साउन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्