देशका अधिकांश भूभागमा झरी पर्ने, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बांकी पहाडी भू भागका केही स्थान तथा बाँकी भू भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौं, साउन १० : देशभर आंशिकदेखि सामान्य बदली भई हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम धुम्मिएको छ ।
हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बांकी पहाडी भू भागका केही स्थान तथा बाँकी भू भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षा हुनेछ । राति देशका पहाडी भू भागका केही स्थान तथा बांकी भूभागका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।
भोलि (बिहीबार) देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना छ ।
राति देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
शुक्रबार देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । राति देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।