Kathmandu Press

दार्चुलामा बेवारिसे शव भेटियो

अन्दाजी १५ वर्षकी बालिका सडेको अवस्थामा शव मङ्गलबार दिउँसो फेला परेको हो।
दार्चुलामा बेवारिसे शव भेटियो

दार्चुला, साउन ९ : दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ।

जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार अन्दाजी १५ वर्षकी बालिका सडेको अवस्थामा शव मङ्गलबार दिउँसो फेला परेको हो। बालिकाको शवलाई भारतीय नागरिकले देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे थप अनुसन्धान गर्न अहिले सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र सिंह कार्कीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति: २०:२८ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्