Kathmandu Press

जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक

विभिन्न केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहित केन्द्रीय समितिको बैठक बोलाइएको जनाइएको छ।
जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं, साउन ९ : समसामयिक विषयमा छलफल गर्न भन्दै जनमत पार्टीले केन्द्रीय समितिको बैठक डाकेको छ।

बैठक साउन १८ गते बिहान ७ बजे काठमाडौंमा बस्ने भएको छ। विभिन्न केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहित केन्द्रीय समितिको बैठक बोलाइएको जनाइएको छ।

बैठकमा आउँदा केन्द्रीय सदस्यहरूलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो ल्याउन समेत निर्देशन दिइएको छ ।

 

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्