Kathmandu Press

महिला विश्वकपमा फिलिपिन्सको ऐतिहासिक जित

फिलिपिन्सलाई ऐतिहासिक जित दिलाउन २४औं मिनेटमा सरिना बोल्डेनले गोल गरिन्। त्यो गोल खेल खेलका निर्णायक गोल बन्यो।
महिला विश्वकपमा फिलिपिन्सको ऐतिहासिक जित

काठमाडौं, साउन ९ : अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना भइरहेको महिला विश्वकपमा फिलिपिन्सले ऐतिहासिक जित निकालेको छ। पहिलो पटक विश्वपक खेलिरहेको फिलिपिन्सले आयोजक न्युजिल्यान्डमाथि १–०को सनसनपूर्ण जित निकाल्यो।

फिलिपिन्सलाई ऐतिहासिक जित दिलाउन २४औं मिनेटमा सरिना बोल्डेनले गोल गरिन्। त्यो गोल खेल खेलका निर्णायक गोल बन्यो। यो फिलिपिन्सको पहिलो जित र पहिलो गोल हो।

यो जितसँगै समूह एबाट फिलिपिन्सको नकआउट चरण पुग्ने सम्भावना जिवितै बनेको छ। पहिलो खेलमा फिलिपिन्स स्वीट्जरल्यान्डसँग १–०ले पराजित भएको थियो। यता, न्युजिल्यान्डले पहिलो खेलमा नर्वेलाई हराएको थियो।

 

प्रकाशित मिति: १४:१५ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्