चितवनमा बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते
नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक मंगलबार बिहान एकापसमा ठोक्किएका हुन्।
काठमाडौं, साउन ९ : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो।
नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक मंगलबार बिहान एकापसमा ठोक्किएका हुन्।
घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको बताइएको छ।
प्रकाशित मिति: ११:१७ बजे, मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार