Kathmandu Press

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू भागका थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Hardik ivf

काठमाडौं, साउन ९ : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू भागका थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू,भागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक,दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक,दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति: ०६:५८ बजे, मंगलबार, साउन ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्