Kathmandu Press

महिला विश्वकपमा ब्राजिल र इटाली विजयी

सोमबार भएको खेलमा ब्राजिलले पानामाथि ४–०को सानदार जित निकाल्दै इटालीले अर्जेन्टिनालाई १–०ले हरायो।
महिला विश्वकपमा ब्राजिल र इटाली विजयी

काठमाडौं, साउन ८ : ब्राजिल र इटालीले महिला विश्वकपमा विजयी सुरुआत गरेका छन्। सोमबार भएको खेलमा ब्राजिलले पानामाथि ४–०को सानदार जित निकाल्दै इटालीले अर्जेन्टिनालाई १–०ले हरायो।

सोमबार भएको खेलमा ब्राजिललाई जित दिलाउन एरी बोर्गेसले ह्याट्रिक गरिन्। उनले पहिलो हाफको १९ र ३९ तथा ७०औं मिनेटमा गोल गरेकी थिइन्। यस्तै, बेट्रिजले ४८औं मिनेटमा गोल गरेकी थिइन्।

यस्तै, क्रिस्टियना जिरेलीले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले इटालीले अर्जेन्टिनालाई १–० ले हराएको छ। खेल गोलरहित बराबरीतर्फ अग्रसर भइरहेका बेला जिरेलीले ८७ औं मिनेटमा गोल गरेकी थिइन्।

सोमबार नै भएको अर्को खेलमा जर्मनीले नवप्रवेशी मोरक्कोमाथि ६–०को सानदार जित निकाल्दा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेलेका छन्।

 

प्रकाशित मिति: २०:५५ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्