Kathmandu Press

महाराजगञ्जस्थित चिकित्सा क्याम्पसमा स्ववियुको ताला 

महाराजगञ्जस्थित चिकित्सा क्याम्पस स्ववियू र जनस्वास्थ्य केन्द्रीय विभागको संयुक्त स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको हो। 
महाराजगञ्जस्थित चिकित्सा क्याम्पसमा स्ववियुको ताला 

काठमाडौं, साउन ८ : स्वतन्त्र विद्यार्थी यूनियनले महाराजगञ्जस्थित चिकित्सा क्याम्पसमा तालावन्दी गरेको छ। महाराजगञ्जस्थित चिकित्सा क्याम्पस स्ववियू र जनस्वास्थ्य केन्द्रीय विभागको संयुक्त स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको हो। 

क्याम्पसमा व्यवस्थापन समिति गठन नभएको, नीतिगत कार्यहरूमा स्ववियुलाई संलग्न नगराएको, ५० वर्षपहिले बनेको होस्टेलको क्षमता बढाउनु पर्ने, नियमित कक्षा सन्चालन हुनु पर्ने, परिवर्तित शैक्षिक निति बनाउन पर्ने, खेल्ने ठाउँ व्यवस्थित हुनुपर्ने, क्यान्टिन चाँडो सञ्चालनमा ल्याउनुपर्ने जस्ता बिषय उठाउँदै तालावन्द गरिएको हो। 

स्ववियुले गत शुक्रबार बुझाएको मागको सुनुवाइ नभएपछि आन्दोलन सुरू गर्नुपरेको स्ववियु  सचिव विपना कँडेल र अध्यक्ष आनन्दकुमार सिंहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। स्ववियूले विगत ४–५ महिनादेखि उठाइएका माग सम्बोधन नभएको समेत जनाएको छ।

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्