Kathmandu Press

वेष्ट इन्डिजका विलियम्सलाई पोखरा राइनोजले भित्र्यायो

काठमाडौं, फागुन ३ : आगामी चैतमा हुने चौथो संस्करणको एभरेष्ट प्रियिमर लिग (इपिएल) वेष्ट इन्डिजका वर्तमान राष्ट्रिय टिमका खेलाडी केस्रिक विलियम्सले....

वेष्ट इन्डिजका विलियम्सलाई पोखरा राइनोजले भित्र्यायो

काठमाडौं, फागुन ३ : आगामी चैतमा हुने चौथो संस्करणको एभरेष्ट प्रियिमर लिग (इपिएल) वेष्ट इन्डिजका वर्तमान राष्ट्रिय टिमका खेलाडी केस्रिक विलियम्सले पनि खेल्ने भएका छन्।

इपिएलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विलियम्स पोखरा राइनोजमा आबद्ध भएको जनाएको छ। विलियम्सलाई इपिएल क्लब पोखरा राइनोजले भित्र्याएको हो। पोखरामा आबद्ध उनी दोस्रो विदेशी खेलाडी हुन्। यसअघि पोखराले वेस्टइन्डिजकै विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई अनुबन्धन गरिसकेको छ। 

सन् २०१६ मा वेष्ट इन्डिजको राष्ट्रिय टिममा डेब्यू गरेका विलियम्सले २५ टि–२० र ८ एकदिवसीय खेल खेलेका छन्। विलियम्सले बंगालदेश प्रियमर लिग, क्यारेबियन प्रिमियर लिग, टि–१० लिग खेलिसकेका छन्। 

यसैगरी काठमाडौं किंग्सले आयरल्यान्डका अलराउन्डर केभिन ओब्रिनलाई ल्याएको छ। उनी लगातार दोस्रो सिजन काठमाडौंबाट इपिएल खेल्न लागेका हुन्।

विलियम्स, गेल र ओब्रिनसँगै वेष्ट इन्डिजकै ड्वायन स्मिथ, श्रीलंकाका उपुल थरंगा र अफगानिस्तानका मोहम्मद साहजाद, आयरल्यान्डका पाउल स्टर्लिङले इपिएल खेल्ने पक्का भइसकेको छ।

स्मिथ बुलटल ब्लास्टर्समा, थरंगा ललितपुर प्याट्रिओट्स र स्टर्लिङ तथा साहजाद चितवन टाइगर्समा आबद्ध भएका छन्।
 

प्रकाशित मिति: १८:०३ बजे, शनिबार, फागुन ३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्