ह्यरी केनले जिते बालोन डी’ओर अवार्ड
केनले केलियन एमपाप्पे, लामिन यामललगायत खेलाडीलाई पछि पार्दै केनले अवार्ड जिते । सन् २०२५–२६ को सिजनमा क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका केनले यो अवार्ड हात पारेका हुन् ।
काठमाडौं, कात्तिक १० : इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको बालोन डी’ओर अवार्ड जितेका छन् ।
केनले केलियन एमपाप्पे, लामिन यामललगायत खेलाडीलाई पछि पार्दै केनले अवार्ड जिते । सन् २०२५–२६ को सिजनमा क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका केनले यो अवार्ड हात पारेका हुन् ।
यससँगै केन पछिल्लो २५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । पछिल्लोपटक सन् २००१ मा माइकल ओवेनले यो अवार्ड जितेका थिए । सन् २०२५–२६ को सिजनमा उनले उपाधिसँगै व्यक्तिगत गोलको कीर्तिमान समेत कायम गरे ।
इंग्ल्यान्डका कप्तान केनले उक्त सिजन बायर्नका लागि सबै प्रतियोगितामा गरी ५१ खेलमा ६१ गोल गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले जर्मनीको घरेलु लिग र कप दुवै उपाधि जित्दै सिजनको अन्त्य गरेको थियो । विश्वकपमा ६ गोल गरेका केनको नेतृत्वमा इंग्ल्यान्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
त्यस्तै, स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रोपटक महिलातर्फको बालोन डी’ओर (बालोन डी’ओर फेमिनिन) अवार्ड जितेकी छन् ।
उनले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाबाट खेल्दै घरेलु लिगसहित तीन प्रमुख उपाधि (ट्रेबल) जितेकी थिइन् ।











