Kathmandu Press

जनकपुरमाथि कर्णालीको सानदार जित

१३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो। कर्णालीले उत्कृष्ट बलिङ गरेपछि जनकपुरले अन्तिम ६ विकेट केवल १९ रनमै गुमाएको थियो।
जनकपुरमाथि कर्णालीको सानदार जित

काठमाडाैं, कात्तिक १० : एनपिएलको लो स्कोरिङ गेममा कर्णाली याक्सले सानदार जित निकालेको छ। १३३ रनको झिनो स्कोर डिफेन्ड गर्ने क्रममा कर्णालीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १९ रनले हरायो।

१३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो। कर्णालीले उत्कृष्ट बलिङ गरेपछि जनकपुरले अन्तिम ६ विकेट केवल १९ रनमै गुमाएको थियो।

देब्रेहाते स्पिनर युनिस विक्रमसिंह ठकुरीले ३ विकेट लिँदै खेल पल्टाएका थिए। उनले १४ औं ओभरमा जनकपुरका कप्तान हरमित सिंहलाई १९ रनमा कट एन्ड बोल्ड गरेका थिए। १६ औं ओभरमा उनले अर्को निर्णायकजस्तै बलिङ गरे। सो ओभरमा उनले लगातार बलमा जिम्मी निसम र आदित्य महतालाई आउट गरेपछि जनकपुरको नियन्त्रणमा रहेको खेल कर्णालीले खोसेको थियो।

कर्णालीका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाउँदा मयन यादव १४, अनिल साह ११ रन बनाए। 

कर्णालीबाट युनिस र पाकिस्तानी खेलाडी हुसैन तलातले ३–३ विकेट लिए। युनिसले ४ ओभरमा १ मेडन राख्दै २२ र तलातले ४ ओभरमा २६ रन खर्चे। नन्दन यादवले २.३ ओभरमा १३ रन खर्चेर २ तथा कप्तान सोमपाल कामीले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ९ विकेटको क्षतिमा गुमाई १३२ रनमात्र बनाएको थियो।

उसका लागि ओपनर आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए  उनले २९ बल खेली ४ छक्का प्रहार गरे। यस्तै, पवन सर्राफले ३७ बलमा ३७ रन नै बनाउँदा गुल्सन झाले १० र नन्दनले १० रन बनाए। 

बलिङमा जनकपुरका कप्तान हरमितले ३ तथा मोइन अली र राहुल यादवले समान २ विकेट लिए। 

प्रकाशित मिति: २१:४२ बजे, मंगलबार, कात्तिक १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्