Kathmandu Press

दार्चुलामा आयोडिन नुनको खपत बढ्दै

खलङ्गा र गोकुलेश्वरमा आयोडिन नुनका १र१ डिपो छन्। व्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन्।
दार्चुलामा आयोडिन नुनको खपत बढ्दै

काठमाडाैं, साउन ८ : दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ। केही वर्ष पहिलेसम्म यहाँको ग्रामीण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकामा पछिल्लो समय आयोडिन नुनको बिक्रीवितरण बढेको छ। जनचेतना वृद्धि भएसँगै आयोडिन नुनको प्रयोग बढेको हो। 

खलङ्गा र गोकुलेश्वरमा आयोडिन नुनका १र१ डिपो छन्। व्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन्। बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्रीवितरण र प्रयोग दर बढ्दै गएको साल्टट्रेडिङ डिपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेमसिंह कुँवरले बताए।

Hardik ivf

उनका अनुसार महाकाली नगरपालिका–४ खलङ्गामा रहेको बिक्री डिपोबाट आर्थिक वर्ष २०७९/८० मा दुई हजार आठ सय दुई क्विन्टल ५० किलोग्राम नुन बिक्री भएको थियाे। गत आर्थिक वर्षमा खलङ्गा डिपोसँग तीन हजार ५ सय ४६ क्विन्टल ५० किलोग्राम नुन मौज्दात रहेकामा हाल सात सय ४४ क्विन्टल मात्रै मौज्दात रहेको प्रमुख कुँवरले जानकारी दिए।

त्यस्तै शैल्यशिखर नगरपालिकामा रहेको  गोकुलेश्वर डिपोमा आर्थिक वर्ष २०७९/८० मा तीन हजार सात सय ८० क्विन्टल मौज्दात रहेकामा २७ क्विन्टल बिक्री भएको छ। हाल गोदाममा एक हजार ८० क्विन्टल नुन मौज्दात रहेको डिपो प्रमुख लक्ष्मणसिंह धामीले बताए।

प्रकाशित मिति: १४:१४ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्