Kathmandu Press

डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

साउने सोमबारका दिन भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ।
डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडाैं, साउन ८ : सौरमासअनुसार साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।

साउने सोमबारका दिन भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ।  साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ। 

साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन्।  प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ।

राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ।

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्