Kathmandu Press

कैलाली कारागारमा एक कैदीको मृत्यु

विष्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हाे।
कैलाली कारागारमा एक कैदीको मृत्यु

धनगढी, साउन ८ : कैलाली कारागारका सोमबार बिहान एक कैदीको मृत्यु भएको छ।

मृत्यु हुनेमा बैतडीको दोगदाकेदार गाउँपालिका-५ का २८ वर्षीय सरोज विष्ट रहेकाे प्रहरीले जनाएको छ। चोरी मुद्दामा कैद भुक्तान गरिरहेका लामो समयवेखि क्षयरोगबाट पीडित रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ।

विष्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हाे।

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्