Kathmandu Press

बेपत्ता बालकको खोजी जारी

काठमाडौँ महानगरपालिका–३ रानीबारीस्थित सामाखुी खोलाको बाढीले बगाउँदा आइतबार साँझ  १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए।
बेपत्ता बालकको खोजी जारी

काठमाडौं, साउन ८ : काठमाडौंको सामाखुसीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । 

काठमाडौँ महानगरपालिका–३ रानीबारीस्थित सामाखुी खोलाको बाढीले बगाउँदा आइतबार साँझ  १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए।

Hardik ivf

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए।

सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए।

मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति: १२:१६ बजे, सोमबार, साउन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्