गरगहनासहित रु ३० लाख बराबरको धनमाल चोरी
प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु. आठ हजार पाँच सय गरी करिब रु ३० लाख बराबरको धनमाल चोरी भएको हो।
काठमाडौं, साउन ७ : काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु. आठ हजार पाँच सय गरी करिब रु ३० लाख बराबरको धनमाल चोरी भएको हो।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ।
प्रकाशित मिति: १८:२४ बजे, आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार