भ्रष्टाचारविरद्ध अखिल क्रान्तिकारीको हस्ताक्षर अभियान
काठमाडौंको माइतिघरबाट सुरु भएको हस्ताक्षर अभियान देशैभर सञ्चालन गर्ने अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बताइन्।
काठमाडौं, साउन ७ : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थनका लागि भन्दै हस्ताक्षर अभियान सुरु गरेको छ।
भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमबाट पछि नहट्न र यसलाई निरन्तर अघि बढाउन आम नागरिकको समर्थनका लागि भन्दै अखिल क्रान्तिकारीले हस्ताक्षर अभियान सुरु गरेको हो। काठमाडौंको माइतिघरबाट सुरु भएको हस्ताक्षर अभियान देशैभर सञ्चालन गर्ने अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बताइन्।
भुटानी शरणार्थी प्रकरणदेखि बिमानस्थल सुन प्रकरणसम्ममा सरकारलाई पछि नहट्न दवाव दिने उदेश्ले पनि हस्ताक्षर अभियान सुरु गरिएको उनले बताइन्। उनले भ्रष्टाचारको जरो नओखेलेसम्म सुशासन र समृद्धि हासिल गर्न असम्भव भएकाले यसलाई निरन्रता दिनुपर्ने जिकिर गरिन्।

हस्ताक्षर अभियानमा सहभागीहरुले भ्रष्टाचारविरुद्ध सरकारको कदम, युवा विद्यार्थीहरुको साथ रहनेछ हरदम, जहाँ हुन्छ भ्रष्टाचार त्यहा हुन्छ प्रतिकार, ए भ्रष्टाचारी कस्तो लाग्दै छ ? जेलको भारी, प्रचण्ड सरकारको सुशासनको बाटोबाट भ्रष्टाचारीहरु हटाउछ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।












