Kathmandu Press

योजनाको ठेक्का कात्तिकभित्रै लगाउन निर्देशन

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कार्यालय प्रमुखहरूको काममा सहजीकरण, उनीहरूको नियमितता, जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्नतर्फ आफ्नो भूमिकालाई सघन बनाउने बताए।
योजनाको ठेक्का कात्तिकभित्रै लगाउन निर्देशन

सुर्खेत, साउन ७ : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जुम्लाका कार्यालय प्रमुखहरूलाई बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका छन्।

पुल, भवन, शिक्षा तथा स्वास्थ्यका संरचनालगायतका विभिन्न योजनाको अनुगमन तथा निरीक्षणका लागि जुम्ला पुगेका उनले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनमा प्रदेश सरकारले लिएको लक्ष्य हासिल गर्न आग्रह समेत गरे।

Hardik ivf

उनले कार्यालय प्रमुखले राखेका गुनासो सम्बोधनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

‘प्रदेश सरकारको बजेट पारित भइसकेको छ । अब तत्कालै बजेटको अख्तियारी आउँछ,’ मन्त्री सिंहले भने, ‘तोकिएका योजनाहरूको काम समयमै सम्पन्न र कुनै पनि योजनाको ठेक्का कात्तिकभित्रै गर्नका लागि कार्यालय प्रमुख नियमित हुनुको साथै दत्तचित्त भएर लाग्नुपर्दछ।’

उनले जनतालाई सेवा प्रवाह गर्ने कुरामा कुनै पनि कमजोरी नगर्न र विशेषगरी सुशासन कायममा जोड दिन कार्यालय प्रमुखसहितका कर्मचारीलाई सुझाव दिए।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कार्यालय प्रमुखहरूको काममा सहजीकरण, उनीहरूको नियमितता, जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्नतर्फ आफ्नो भूमिकालाई सघन बनाउने बताए।

 

प्रकाशित मिति: ११:१४ बजे, आइतबार, साउन ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्