Kathmandu Press

लघुवित्तीय संस्था खारेजीकाे माग राख्दै राष्ट्र बैंक घेराउ

लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने लगाएतका माग राख्दै समितिले काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका हुन्।
लघुवित्तीय संस्था खारेजीकाे माग राख्दै राष्ट्र बैंक घेराउ

काठमाडाैं, साउन ६ : विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ।

लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने लगाएतका माग राख्दै समितिले काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका हुन्।

आफुहरुलाई लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको उनीहरुको आरोप छ। उनीहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सारेका छन्।

संघर्ष समितिले आफुहरुको मागका बिषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने जनाएका छन्। 

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्