Kathmandu Press

विपी स्मृथि दिवसमा काभ्रे कांग्रेसले गर्‍यो वृक्षारोपण

विपी स्मृथि दिवसमा काभ्रे कांग्रेसले गर्‍यो वृक्षारोपण

काभ्रे, साउन ७ : जननायक विपी कोइरालाको ४१औं स्मृथि दिवसको अवसरमा नेपाली कांग्रेस काभ्रेले बनेपा–५ ओपीमा वृक्षारोपण गरेको छ।

नेपाली कांग्रेस काभ्रे, भातृ तथा शुभेच्छुक संस्था समन्वय शाखाको आयोजना, नेपाली कांग्रेस बनेपा नगर समितिको व्यवस्थापन, नेपाल तरुण दल बनेपा नगर कार्यसमिति र नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर समितिको सह आयोजनामा बनेपामा वृक्षारोपण कार्यक्रम गरिएको हो।
 
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस काभ्रेका कार्यवहाक सभापति ठाकुरप्रसाद न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व भातृ तथा शुभेच्छुक संस्था समन्वय शाखाका प्रमुख रहेका नेपाली कांग्रेस काभ्रेका जिल्ला सदस्य रामराज जोशीले गरेका थिए।

362270893_1017634639679719_5498403738085971045_n1690019807.jpg

वृक्षारोपणमा नेपाली कांग्रेस काभ्रेका पदाधिकारी एवं सदस्यहरु, क्षेत्र नं २ (ख) का सभापति रामहरी श्रेष्ठ लगायत पदाधिकारी र सदस्य, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधी र पार्टी शुभेच्छुकहरुको उपस्थिती थियो।

कांग्रेसले विपी स्मृती वृक्षारोपणलगायत विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन समेत दिएको थियो। काभ्रेका अधिकांश स्थानीय तहमा पार्टीले वृक्षारोपण गरेको काभ्रे कांग्रेसले जनाएको छ।

बनेपामा वृक्षारोपणपछि वक्ताहरुले नेपाली राजनीति र साहित्य क्षेत्रमा विपीको योगदानबारे चर्चा गरेका थिए।

प्रकाशित मिति: १५:०३ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्