Kathmandu Press

नेपाल-भारत मैत्रीपूर्ण बक्सिङ्ग सम्पन्न

१२ वटा तौल समुहमा सम्पन्न खेलहरुमा पुरुष ५१ किलो तौल समुहका नेपालका रविन थापाले पन्जाबका सुभम पान्डेलाई २ः१ को आधारमा पराजित गरे।
नेपाल-भारत मैत्रीपूर्ण बक्सिङ्ग सम्पन्न

काठमाडाैं, साउन ६ : नेपालका ए टिमका महिला तथा पुरुष बक्सिङ्ग खेलाडीहरु र पन्जाब, भारतका खेलाडीहरुबीच एक दिवसीय फ्रेन्ससिप म्याच पोखरा रंगशालामा सम्पन्न भएको छ। 

१२ वटा तौल समुहमा सम्पन्न खेलहरुमा पुरुष ५१ किलो तौल समुहका नेपालका रविन थापाले पन्जाबका सुभम पान्डेलाई २ः१ को आधारमा पराजित गरे। ५७ किलो तौलमा नेपालका भुपेन्द्र थापामगरले पन्जाबका विनय रौनिया ३ः० को आधारमा पराजित गरे ७१ किलो तौल समुहमा पन्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई ३ः० को युनानिमस डिसिजनमा पराजित गरे ।

Hardik ivf

८० किलो तौल समुहमा दिपक श्रेष्ठले ३ः०को मुस्तफा हनितलाई ३ः०को आधारमा पराजित गरे भने ९२ किलामा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा पराजित गरे । भने ९२ प्लस किलोमा नेपालका आशिस दुवाडीले भारतका केपी सिंहलाई ३ः० मा पराजित गरे।

महिला तर्फ ५० किलो तौल समुहमा शुस्मा तामांगले पन्जाका कोमल लाई ३ः०को युनानिमसको आधारमा पराजित गरे। ५४ किलोमा नेपालका मिनु गुरुंगले पन्जाबका अरिवालाई २ः१ को स्पिलट डिसिजनमा पराजित गरे । महिला ५७ किलोमा नेपालका चन्द्रकला थापाले ३ः०को फरकमा पन्जाबका मनितलाई पराजित गरे । ६० किलो महिला तर्फ पन्जाबका मन्दिप कौरले नेपालका संगीता सुनारलाई ३ः०को अन्तरले पराजित गरे। 

६६ किलो तौलमा पन्जाबका कोमल प्रीतले २ः१को फरकमा नेपालका विनिता थापामगरलाई पराजित गरे।

प्रकाशित मिति: ०७:५३ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्