ट्रककाे ठक्करले धादिङमा मोटरसाइकल चालकको मृत्यु
काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रककाे ठक्करबाट पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ मलेखुमा विपरीत दिशाबाट आइरहेकाे बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
धादिङ, साउन ५ : ट्रककाे ठक्करले धादिङमा मोटरसाइकल चालकको मृत्यु भएको छ।
काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रककाे ठक्करबाट पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ मलेखुमा विपरीत दिशाबाट आइरहेकाे बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल लडेकाे र चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जैसवालले जानकारी दिए।
उनका अनुसार मोटरसाइकलको पछाडि सवार महिला भने घाइते भएकाे र उपचारका लागि उनलाई काठमाडौंको लगिएको छ।
प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
