लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने माग राखेर प्रदर्शन
लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो।काठमाडाैं, साउन ५ : नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने लगाएतका माग राख्दै लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो।
उनीहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सारेका छन्।
आफुहरुको माग सरकारले पुरा गर्नुपर्ने भन्दै संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले एक सातादेखि अनसन बस्दै आउनुभएको छ। प्रदर्शनमा सहभागी हुनुभएका अध्यक्ष ज्ञवालीले मुलुकी ऐन अनुसार मौद्रीक नीति नवनेसम्म लघुवित्तीय क्षेत्रमा देखिएका समस्या समाधान नहुने र मुलुकको पनि रुपान्तरण हुन नसक्ने बताउनुभयो। उहाले लघुवित्तीय संस्थाहरुको ज्यादती विरुद्ध एकजुट भएर लघुवित्तका दलालहरुलाई कानूनी कठघरमा ल्याउनुपर्ने धारणा राख्नुभयो।
संघर्ष समितिले आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन्।